बागमती प्रदेशसभाका आर्थिक मामिला मन्त्री जगन्नाथ थपलिया ।

हेटौँडा, असार १ गते । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

बागमती प्रदेशसभाको आज शनिबार बसेको बैठकमा आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि ६४ अर्ब रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गर्नुभएको हो । बागमती प्रदेशले आगामी आर्थिक वर्षका लागि सडक निर्माणका लागि मात्रै ७ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरेको छ ।