गण्डकी प्रदेश सरकारका आर्थिक योजना मन्त्री डा.टङ्कराज गुरुङ ।


पोखरा, असार १ गते । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज शनिबार बसेको प्रदेशसभाको बैठकमा बजेट सार्वजनिक गर्दै प्रदेश सरकारका आर्थिक योजना मन्त्री डा.टङ्कराज गुरुङले बजेट सार्वजनिक गर्नुभएको हो ।

मन्त्री गुरुङले आज सार्वजनिक गर्नुभएको बजेट अनुसार चालु खर्चतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार रुपैयाँ, पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७८ लाख ९३ हजार रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सोमध्ये खर्च अपुग हुने १ करोड ७६ लाख ११ हजार रुपैयाँ प्रदेश सञ्चित कोषमा व्ययभारमा हुने समेत मन्त्री गुरुङले प्रदेशसभा बैठकलाई जानकारी गराउनुभएको हो ।