बुटवल । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस रूपन्देहीमा दुर्घटना भएको छ । दाङबाट काठमाडौं आउँदै गरेको रा १ ख २७८३ नम्बरको बस गएराति ११ बजर ५० मिनेट जाँदा रूपन्देहीको सैनामैना नगरपालिका–१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किदा दुर्घटना हुँदा ४३ जना घाइते भएका हुन् ।

दुर्घटनाबाट बसका चालक र यात्रुसहित ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । घाइतेहरूलाई चौराहा हस्पिटल बुटवल, एडमनसिटि हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार आज बिहानसम्म १९ जना डिस्चार्ज भइसकेका छन् भने बाँकी २४ जनाको उपचार जारी रहेको छ ।