फाइल तस्वीर
काठमाडौँ, जेठ ३० गते । अमेरिकी राष्ट्रपति जो बाइडनका छोरा हन्टर बाइडनलाई अवैध रुपले बन्दुक राखेको मामिलामा दोषी ठह¥याइएको छ । डेलावेयरमा दर्ता भएको तीन मुद्दामा उनी दोषी ठहरिएका हुन् ।
अन्तर्राष्ट्रिय समाचार माध्यम बीबीसीका अनुसार २१ सदस्यीय इजलासले हन्टर बाइडनलाई २०१८ मा बन्दुक खरिद गर्दा आफ्नो लागूपदार्थ सेवनबारे फारममा गलत जानकारी दिएको भन्दै दोषी ठह¥याएका हुन् । तर, पहिलो पटक यस प्रकारको अपराधमा दोषी ठहर भएका व्यक्तिलाई सामान्यतया यति लामो सजाय दिइँदैन । हन्टर बाइडेनले अपराध स्वीकार गरेका थिएनन्। उनीविरुद्ध झुटा बयान दिएको २ अभियोग र अवैध बन्दुक राखेको एउटा अभियोग थिए ।
हन्टरमाथि लगाइएको आरोपमा उनलाई २५ वर्षसम्मको जेल सजाय हुन सक्ने बताइएको छ । ५४ वर्षीय हन्टरविरुद्ध गलत बयान दिएको र अवैध रूपले बन्दुक राखेको आरोपमा उनी दोषी पाइएका हुन् ।
अमेरिकामा बन्दुक खरिद गर्दा झूठो बयान दिएमा १० वर्षसम्मको जेल सजाय हुन सक्ने प्रावधान छ भने कुनै व्यक्ति जसलाई लागू औषधको लत लागेको र अवैध रूपले बन्दुक राख्छ भने उसलाई पनि १० वर्षको जेल सजाय हुन सक्छ । उनका बुबा राष्ट्रपति जो बाइडेन फेरि राष्ट्रपतिको चुनाव लड्ने तयारीमा रहेका बेला हन्टरलाई यस ‘हाई प्रोफाइल’ मुद्दामा दोषी ठहर गरिएको हो ।
मुद्दा सुनुवाइका क्रममा अमेरिकी प्रथम महिला राष्ट्रपति बाइडेनकी पत्नी तथा हन्टर हन्टरकी सौतेनी आमा जिल बाइडेन पनि उपस्थित भएकी थिइन् । मुद्दा कभर गर्ने पत्रकारहरूलाई अदालतमा मोबाइल फोन लैजान दिइएन। फैसला सुनाउनेबित्तिकै पत्रकारहरू यो खबर लिएर अदालतबाहिर दौडिएका थिए।
हन्टर बाइडेन लागुपदार्थको प्रभावमा रहेका बेला अवैध बन्दुक राखेको अभियोगमा दोषी ठहर भएका हुन्। अब यो मुद्दामा उनी जेल पनि जानुपर्ने हुनसक्छ । उनी दोषी ठहर भएका तीनवटा कसुरमा अधिकतम ३० वर्षको सजाय तोकिएको छ, तर विज्ञहरूले हन्टर बाइडेनलाई जेल पठाइएमा छोटो अवधिको लागि पठाइने आकलन गरेका छन् । अमेरिकामा बन्दुक किन्दा झुटो बयान दिएमा १० वर्षसम्म जेल सजाय हुनसक्छ ।
त्यसैगरी लागुऔषध दुर्व्यसनी भएका व्यक्तिले अवैध रूपमा बन्दुक राखेमा १० वर्षसम्मको सजाय हुने व्यवस्था छ। बन्दुक खरिद गर्दा संघीय इजाजतपत्र प्राप्त बन्दुक डिलरलाई गलत जानकारी उपलब्ध गराउनेलाई ५ वर्षसम्म जेल सजाय हुन्छ । हन्टर बाइडेनलाई यी तीनवटै कसुरमा अधिकतम सजाय दिइयो भने उनले २५ वर्षसम्मको जेल सजाय भोग्नुपर्ने हुन्छ । एजेन्सी