फाइल तस्वीर

जेठ २९ गते । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् बैठकले प्यालेस्टिनीको गाजा क्षेत्रमा युद्धबिराम गर्ने प्रस्ताव पारित गरेको छ । सुरक्षा परिषद्मा रहेका १५ सदस्यहरुमध्ये भिटो पावर प्रयोग गर्न सक्ने रुस बाहेक १४ सदस्यले गाजामा युद्धबिराम गर्ने पक्षमा उभिएपछि उक्त प्रस्ताव पास गरेका हुन् ।

सुरक्षा परिषद्को बैठकमा अमेरिकाले गाजा क्षेत्रमा युद्धबिराम गर्नुपर्ने प्रस्ताव राखेको थियो । अत्यधिक बहुमतले सो प्रस्ताव पारित भएपछि अमेरिकी राजदूत लिण्डा थोमस ग्रिनफिल्डले इजरायल र हमास दुवैलाई विनासर्त युद्धबिराम गर्न अपिल गर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

विगत आठ महिनादेखि इजरायलले प्यालेस्टाइनको गाजामा आक्रमण गर्दै आएको छ । इजरायली आक्रमणका कारण गाजामा मानवीय सङ्कट उत्पन्न भएको छ । अमेरिकाले इजरायललाई गाजामा युद्धबिराम गर्न आग्रह गर्दै आएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत मे ३१ तारिखमा गाजामा युद्धबिराम गर्न राख्नुभएको प्रस्तावलाई इजरायलले स्वीकार गरेता पनि उसले त्यसलाई लागू भएको छैन ।

संयुक्त राष्ट्रसङ्घका अनुसार गाजामा तीन चरणमा युद्धविराम लागु गर्ने उल्लेख छ । ती शर्तहरु कतारमार्फत् हमाससमक्ष पु¥याइसकिएको छ ।

पहिलो चरणमा बन्धक बनाइएकाहरुलाई रिहा गर्ने र बन्धक भएकै अवस्थामा मृत्यु भएकाहरुको शव फर्काउने उल्लेख गरिएको छ ।
यसैगरी दोस्रो चरणमा युद्धको स्थायी अन्त्यको चरण हुने छ । यो चरणमा कोही बन्धक बाँकी भए तिनलाई रिहा गर्ने र इजरायली सेना गाजाबाट पूर्णरुपमा हट्ने प्रस्ताव छ भने तेस्रो चरणमा गाजामा पुनर्निर्माणको काम सुरु हुने कुरा उल्लेख गरिएको छ ।

इजरायली सेना गाजा क्षेत्रबाट हट्न सुरु गर्ने, युद्धका कारण विस्थापित भएकाहरुलाई आफ्नो घर फर्किन दिने र सुरक्षित रुपमा मानवीय सहायता पु¥याउने प्रस्तावमा उल्लेख गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।