काठमाडौँ, जेठ १७ गते । सुर्खेतमा आज बिहान भएको जिप दुर्घटना परी घाइते भएका थप दुई जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४ पुगेको हो । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना भएको थियो ।

दुर्घटनामा परी कालीकोट जिल्ला शुभकालीका गाउँपालिका ३ का नमराज विक, तन्त विक र उनका छोरा बिरेन्द्र विकको घटना स्थलमै मृत्यृ भएको र मृत्यु भएका अर्का एक जनाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
यस्तै कालीकोटका नरि विक र सवारी चालक नरेन्द्र विष्टलाई उपचारको लागि प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रहरीले जनाएको छ ।