फाइल तस्वीर
हेटौंडा, जेठ १६ गते । बागमती प्रदेशसभाको बैठक आज दिउँसो बस्ने भएको छ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्न आज बुधबार प्रदेशसभाको बैठक बस्ने लागेको हो ।

बैठक अपरान्ह ३ः३० बजे प्रदेशसभा सचिवालयको भवनमा बस्ने छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यही जेठ १४ गते बसेको प्रदेशसभामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्नुभएको थियो ।