काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अर्थ विविध शीर्षकमा करिब ७६ अर्ब बराबर विनियोजन गरेको छ । कुनै पनि वार्षिक योजना तथा कार्यक्रममा नराखेर अबण्डा राखिएको बजेट रकम ७५ अर्ब ९५ करोड तीन लाख बराबर छ । सरकारले आगामी आवका लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याउँदा कूल विनियोजनको चार दशमलव आठ प्रतिशत अर्थ विविध शीर्षकमा राखेको हो ।

अर्थ विविध शीर्षकको रकम धेरै देखिनुलाई आर्थिक अनुशासनका हिसाबले राम्रो ठानिँदैन ।