फाइल तस्वीर


काठमाडौँ, जेठ १५ गते । सरकारले आज आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट घोषणा गरेको छ । विनियोजन बजेट मध्ये चालु खर्चतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड (६१ दशमलव ३१ प्रतिशत), पुँजीगततर्फ तर्फ खर्ब ५२ अर्ब ३५ करोड (१८ दशमलव ९४ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ तीन खर्ब ६७ अर्ब १८ करोड (१९ दशमलव ७४ प्रतिशत) विनियोजन गरिएको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको बजेटमा मन्त्रालयहरुलाई विनियोजन गरेको बजेटको वितरण यस प्रकार रहेको छ ।
–शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ
–भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ
–गृह मन्त्रालयका लागि १ खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ
–स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रुपैयाँ
–रक्षा मन्त्रालयका लागि ५९ अर्ब ७७ करोड रुपैयाँ
–कृषि तथा पशुपक्षी मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैयाँ
–उर्जा क्षेत्रका लागि ५० अर्ब ७४ करोड रुपैयाँ
– खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ
–वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड रुपैयाँ
–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि ११ अर्ब ५५ करोड रुपैयाँ
–उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड रुपैयाँ
–श्रम तथा रोजगार मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ
–सञ्चार मन्त्रालयका लागि ७ अर्ब ३५ करोड रुपैयाँ
–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ६ अर्ब ८२ करोड रुपैयाँ
–परराष्ट्र मन्त्रालयका लागि ६ अर्ब ७७ करोड रुपैयाँ
–युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड रुपैयाँ