फाइल तस्वीरः अर्थमन्त्री वर्षमान पुन ।


काठमाडौँ, जेठ १५ गते । सरकारले सरकारले सिक्टा सिंचाईका लागि एक अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सिक्टाको क्षेत्र विस्तार गर्न डुडुवा र नरैनापुर शाखा नहरको निर्माण गरिने सरकारले जनाएको छ । मन्त्री वर्षमान पुनले आज मङ्गलबार संसदमा बजेट प्रस्तुत गर्दै सिक्टा सिंचाईका लागि १ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको घोषणा गर्नुभएको हो ।

यसैगरी बजेटमा बबई सिंचाई आयोजनाका लागि १ अर्ब ७९ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यो बजेट अन्तर्गत पूर्वी तथा पश्चिममा मुल नहरबाट शाखा विस्तार गरेर थप १ हजार हेक्टरमा सिँचाई गर्न यसको लागि यस्तै भेरी बबई डाइभर्सन बहुउेश्यीय आयोजनाको हेडवर्कस र विद्युत गृहका लागि २ अर्ब विनियोजन भएको बजेट विनियोजन गरिएको अर्थमन्त्रीले बताउनुभएको छ ।

मन्त्री पुनले बजेट प्रस्तुत गर्नेक्रममा महाकाली सिंचाईको तेस्रो चरणको मूल नहर र शाखा नहरको काम अगाडि बढाइने उल्लेख गर्नुभएको छ । बजेटमा ब्रम्हदेव क्षेत्र शाखाको १ हजार ५ हेक्टर क्षेत्रमा जमिनमा सिंचाई सेवा थपको लागि २ अर्ब रुपैयाँ घोषणा गरिएको छ ।

आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री पुनले रानीजमराकुलरीया सिंचाई अन्तर्गत १४ हजार ९ सय हेक्टर क्षेत्रमा प्रथम चरणमा सिंचाई आयोजना सुरु गरिने घोषणा गर्नुभएको छ । यसरी हेर्दा सरकारले आगामी आर्थिक वर्षमा १५ हजार ५७१ हेक्टर क्षेत्रफलमा सिँचाइ विस्तार गर्ने घोषणा गरेको छ ।