फाइल तस्वीर
मकवानपुर, जेठ १४ गते । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज सोमबार बसेको पूर्ण बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत हो ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठका अनुसार मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नीति तथा कार्यक्रम आजै बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गरिनेछ । प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बस्दैछ ।

आज बस्ने बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । मन्त्री श्रेष्ठका अनुसार बागमती प्रदेशमा आगामी बजेट विशेषगरी कृषि पर्यटन तथा शिक्षा र रोजगारी क्षेत्रलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तयार पारिएको छ ।