फाइल तस्वीर
काठमाडौँ, जेठ १४ । स्थानीय बजारमा सून र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार साताको आज दोस्रो दिन छापावाल सुनको मूल्य प्रतितोलामा तीन सय रुपैयाँले बढेको हो ।

हिजो आइतबार प्रतितोला एक लाख ३६ हजार नौ सय रुपैयाँमा कारोवार भएकोमा आज एक लाख ३७ हजार दुई सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

यसैगरी तेजावी सुनको मूल्य पनि बढेको छ । तेजावी सुन प्रतितोलामा तीन सय रुपैयाँले बढेर एक लाख ३६ हजार पाँच सय ५० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर एक हजार आठ सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।