फाइल तस्वीर
काठमाडौँ, जेठ १४ गते । देशका पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव परेको छ । आज बिहान कोशी प्रदेशको मौसम बदलिएको छ भने देशका पहाडी भूभागमा आंशिक भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले कोशी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । त्यसैगरी बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागको मौसम साधारणतया बदली हुने र महाशाखाका अनुसार अहिले देशका बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा देशका बाँकी पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा दिउँसो हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी प्रदेशमा साधारणदेखि पूर्ण बदली, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ । राति कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । त्यसैगरी मधेस प्रदेसहित देशका बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।