फाइल तस्वीर
काठमाडौँ, जेठ १२ गते । देशमा चालु आर्थिक वर्षको १० महिनामा रु ९८ अर्ब ऋृण थपिएको छ । यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार देशले भुक्तान गर्न बाँकी सार्वजनिक ऋृण करिब २४ खर्ब रुपैयाँ रहेको छ । साथै चालु आर्थिक वर्षको १० महिनामा ९८ अर्ब रुपैयाँ ऋृण थपिएको छ । यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो । “चालु आर्थिक वर्ष २०८०र८१ को सुरुमा कूल सार्वजनिक ऋृण २२ खर्ब ९९ अर्ब रुपैयाँ रहेकामा २०८१ वैशाख मसान्तसम्ममा ९८ अर्ब आठ करोड रुपैयाँ थप प्राप्त भई कूल ऋृण २३ खर्ब ९७ अर्ब रुपैयाँ रहेको छ”, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा उल्लेख छ, “चैत महिनाको तुलनामा कूल सार्वजनिक ऋण ११ अर्ब ६४ करोड रुपैयाँ थप भएको छ । कूल गार्हस्थ्य उत्पादनका आधारमा सार्वजनिक ऋृण ४२ दशमलव ०२ प्रतिशत हुन आउँछ ।”

गत वैशाख मसान्तसम्मको कूल सरकारी ऋणमा आन्तरिक ऋृणको दायित्व ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ बराबर रहेको छ । यो अवधिसम्मको आन्तरिक ऋृण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिपिडी)को २० दशमलव ७६ प्रतिशत प्रतिशत बराबर हो । त्यस्तै बाह्य ऋृण दायित्व १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ बराबर पुगेको छ । जिडिपी अनुपातमा बाह्य ऋणको दायित्व २१ दशमलव २६ प्रतिशत बराबर हो ।

सार्वजनिक ऋृण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारले कूल दुई खर्ब ६४ अर्ब ६३ करोड रुपैयाँ बराबर ऋृण उठाउँदा एक खर्ब ६६ अर्ब ५५ करोड ४४ लाख रुपैयाँ बराबर साँवा ब्याज भुक्तानी गरेको छ । यो अवधिमा सरकारले उठाएको ऋणमध्ये आन्तरिक ऋृण एक खर्ब ९१ अर्ब रुपैयाँर बाह्य ऋृण ७३ अर्ब ६३ करोड रुपैयाँ बराबर हो । त्यस्तै, साँवा ब्याज भुक्तानीतर्फ आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा एक खर्ब ३५ अर्ब ६२ करोड रुपैयाँ र बाह्य ऋृणको साँवाब्याजतर्फ ३० अर्ब ९३ करोड रुपैयाँ बराबर भुक्तानी भएको छ ।

गत वैशाख मसान्तसम्ममा वार्षिक लक्ष्यको ५८ दशमलव ४५ प्रतिशत बराबर ऋृण उठाइएको पनि कार्यालयले जनाएको छ । “चालु आर्थिक वर्षमा चार खर्ब ५२ अर्ब रुपैयाँ सार्वजनिक ऋृण परिचालन गर्ने लक्ष्य राखिएकामा वैशाख मसान्तसम्ममा दुई खर्ब ६५ अर्ब रुपैयाँ ऋृण प्राप्ति भएको छ”, कार्यालयको प्रतिवेदनमा भनिएको छ, “वार्षिक लक्ष्यको तुलनामा कूल सार्वजनिक ऋृण प्राप्ति ५८ दशमलव ४५ प्रतिशत र आन्तरिक ऋृण प्राप्ति ७९ दशमलव ५८ प्रतिशत तथा बाह्य ऋृण प्राप्ति ३४ दशमलव ६१ प्रतिशत रहेको छ ।” चालु आर्थिक वर्षका लागि सार्वजनिक ऋृण को साँवा तथा ब्याज भुक्तानीका लागि तीन खर्ब ३० अर्ब रुपैयाँ बराबर वार्षिक बजेट विनियोजन भएको थियो । वैशाख मसान्तसम्ममा दुई खर्ब २२ अर्ब रुपैयाँ बराबर भुक्तानी भएको छ । यो वार्षिक विनियोजनका आधारमा ७० दशमलव ५७ प्रतिशत बराबर हो ।