काठमाडौँ, जेठ ११ गते । साताको छैटौं दिन आज शुक्रबार स्थानीय बजारमा पहेँलो धातुको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा नै एक हजार आठ सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज एक लाख ३६ हजार नौ सय निर्धारण भएको छ । बिहीबार छापावाला सुन तोलामा एक लाख ३८ हजार सात सयमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा एक लाख ३८ हजार ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ३६ हजार दुई सय ५० निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १० ले घटेको छ । बिहीबार तोलामा एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ५५ निर्धारण भएको छ ।