बेइजिङ, जेठ १० गते । चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता अप्रिलको अन्त्यमा ३ दशमलव ०१ अर्ब किलोवाट पुगेको छ । एक वर्ष अघिको तुलनामा चिनियाँ उर्जा उत्पादन क्षमता १४ दशमलव १ प्रतिशतले बढेको राष्ट्रिय ऊर्जा प्रशासनको बिहीबार तथ्याङ्कले देखाएको छ ।

वायु उर्जा र सौर्य उर्जाको विकासलाई गति दिने चीनको प्रयासबीच गत महिनाको अन्त्यसम्ममा वायु उर्जा लगभग चार करोड ६० लाख किलोवाट(२० दशमलव ६ प्रतिशत) र सौर्य छ करोड ७० लाख किलोवाट (५२ दशमलव ४ प्रतिशत) पुगेको छ । 

जनवरी देखि अप्रिलसम्म चीनमा प्रमुख उर्जा उत्पादन उद्यमहरूले कुल १९१ दशमलव २ अर्ब युआन (करिब २६ दशमलव ८९ अर्ब अमेरिकी डलर) को उर्जा आपूर्ति परियोजना लगानी पूरा गरेका थिए । एक बर्ष पहिले लगानीमा ५ दशमलव २ प्रतिशतले वृद्धि भएको थियो ।

विद्युत ग्रिड परियोजनाहरूमा चीनको लगानी चार महिनाको अवधिमा १२२ दशमलव ९ अर्ब युआन थियो । यो बर्षको सोही अवधिमा लगानीमा २४ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । एजेन्सी