नयाँदिल्ली, जेठ ९ गते । गत हप्तादेखि भारतबाट बेपत्ता भएका बङ्लादेशको सत्तारूढ पार्टी अवामी लिगका सांसद्को खोजी गर्न उच्चस्तरीय खोजी अभियान सुरु भएको छ । बेपत्ता सांसद अनवारुल आजिम मे १२ मा भारत प्रवेश गरी मे १३ मध्यान्नतिर साथीहरूसँग मेडिकल जाँचका लागि कोलकाता नजिकैको बिधाननगरको घरमा अन्तिम पटक देखिएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

कोलकाताको बिधाननगरमा बस्दै आएका उहाँ निकट स्रोतका अनुसार आजिमले दिल्ली जाने बताउनुभएको थियो तर मे १३ देखि हालसम्म उहाँसँग सम्पर्क भएको छैन । ढाकामा उहाँको परिवारलाई बिधाननगरका साथीले उहाँ दिल्लीतर्फ जाने बताएको मोबाइल सन्देशमार्फत् जानकारी गराएको बताइएको छ ।

सञ्चारको अभाव अचानक बेपत्ता भएको भन्दै चिन्तित सांसदका पारिवारलगायत सांसदकी छोरीले बुबासँग सम्पर्क गर्न असमर्थ भएको जनाएका छन् । परिवारले बिधाननगरको बारानगर पुलिस स्टेसनमा बेपत्ता भएको उजुरी दिएको छ ।

सांसद् अजिमको परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “छोरीले बुबासँग कुराकानी गर्न सबै परिचितहरूलाई फोनमा सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन ।”

दिल्लीका उच्चायुक्त र कोलकातास्थित बङ्गलादेशी बाणिज्य दूतावासले खोजीका लागि समन्वय गरेपछि भारतीय अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् । सांसदको परिवार र साथीहरूले भारत भ्रमण मुख्यतया चिकित्सा उद्देश्यका लागि भएको बताएका छन् ।