फाइल तस्वीर


काठमाडौँ, जेठ ९ गते । देशभरको आजको मौसममा आंशिक बदली हुने छ । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसममा बदली भएको हो ।

देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बुधबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी र मधेस प्रदेशसहित देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

भोलि कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।