राष्ट्रसङ्घ, जेठ ८ गते । मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुन ः वार्तासुरु गर्न आह्वान गर्नुभएको छ । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावका साथ टेबलमा फर्कनु वेन्नेसल्यान्डले संयुक्त राष्ट्र सुरक्षा परिषद्मार्फत आग्रह गर्नुभयो ।

तुरुन्तै वार्ता पुनःसुरु नभए राफाहका सङ्कटग्रस्त र निरिह नागरिकका लागि, दुई सय २५ दिनभन्दा बढी अकल्पनीय अवस्थाका बन्धक तथा गाजा पट्टीकिनारको विस्तारित मानवीय कारबाहीका लागि सबैभन्दा खराबीको डर रहेको उहाँले बताउनुभएको छ ।  

दुई हप्ताअघि इजिप्ट, कतार र अमेरिकाको समर्थनमा मे–९ मा कायरोमा भएको वार्ता सहमति बिनै समाप्त भएको उहाँले उल्लेख  गर्नुभयो । 

“गाजाका सबै बन्धकको सुरक्षित रिहाइ गर्न सम्बन्धित पक्षबिचको वार्ता र नागरिकलाई आवश्यक राहत प्रदान गर्न युद्धबिरामको बिचमा गाजामा अर्को बिनाशको सामना गर्नुपरेको  उहाँको भनाइ छ ।  

यसैक्रममा वेन्नेसल्यान्डले मध्यस्थकर्तालाई राष्ट्रङ्घको पूर्णसमर्थन रहेको बताउदै इजरायल र हमासबीचको सम्झौता कार्यान्वयन समर्थन गर्ने आफ्नो इच्छालाई दोहोरÞ्याउनुभयो ।  

मे पहिलो हप्तादेखि, राफाह लगायत वरपर इजरायली सैन्य कारबाही र युद्धाभ्यास तीव्र भएपछि राफाहमा सुरक्षा अवस्था  बिग्रँदै गएको वेन्नेसल्यान्डले  उल्लेख गर्नुभएको छ । 

उहाँले राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटेरेसलगायत  अन्य अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर नागरिकको विनाशकारी परिणामको स्पष्ट सङ्केतबीचमा राफाह सैन्य कारबाहीमा गम्भीर आपत्ति जनाउनुभएको थियो ।  

राफाह र गाजाको जीवन बचाउन तत्काल सम्बोधन गर्नु प्राथमिकता हुनुपर्ने बताउदै उहाँले महासचिवको मानवीय युद्धविरामको आह्वानलाई पुनःताजकी गर्नुभयो । यसै क्रममा तत्काल खतराले द्वन्द्वको समाधान गरी दीर्घकालीन शान्ति स्थिरताका लागि सम्भाव्यतालाई निम्त्याउने जोखिमको दृष्टि गुमाउनु नहुने उहाँले बताउनुभयो । 

गाजामा युद्धविराम असफल भई रफाहमा ठूलो मात्रामा सैन्य कारबाहीले क्षेत्रीय तनाव बढाउने जोखिम बढेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । 

सात महिना  लामो विनाश र दुःखले सत्यलाई बलियो बनाएको  बताउदै प्यालेस्टिनी र इजरायलीले द्वन्द्व अन्त्य गरी दीगो शान्ति स्थापना गर्न व्यावहारिक राजनीतिक साझेदारी स्थापना गर्न अब पर्खन नसकिने उहाँले उल्लेख गर्नुभयो । दिनहुँको निष्क्रियताले घातक परिणामको अवस्था आएकोले अब प्यालेस्टिनी, इजरायली सुन्दर भविष्यको जग बसाल्ने समय  आएको उहाँले बताउनुभयो ।