काठमाडौँ, जेठ ६ गते । साताको पहिलो दिन आज आइतबार स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा एक हजार छ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ४० हजार नौ सय निर्धारण गरिएको छ ।

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ३८ हजार छ सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ४० हजार दुई सय निर्धारण भएको छ ।