जनकपुरधाम, जेठ ५ गते । जनकपुरमा आज शनिबार बिहान कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । आज शनिबार बिहान ३ बजे जनकपुरधाम उपमहानगरपालिका– ९ थापाचोकमा कारले मोटरसाइकलाई ठक्कर दिँदा ३२ वर्षीय पत्रकार यादवको निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार थापा चोकमा आफ्नै साथी जयनारायण यादवले चलाएको प्रदेश नं.२ –०२– ००२ प ५६९४ नम्बरको मोटरसाइकको पछाडि सवार पत्रकार यादवलाई तीव्र गतिमा रहेको बा २१ च ३३४३ को कारले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । यादवको उपचारको क्रममा प्रादेशिक अस्पतालमा निधन भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका जयनारायण यादव पनि गम्भीर घाइते भएका छन् । उनको जनकपुरस्थित सीता अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि कार चालक धनुषा सहीद नगरकै मनोज साहलाई प्रहरीले पक्राउ गरेको छ ।