फाइल तस्वीर
जेरुसेलम, जेठ ३ गते । इजराइली सेनाले बिहीबार उत्तरी गाजा पट्टीमा पाँच जना सैनिक मारिएको बताएको छ । उक्त स्थानमा हमास लडाकुहरू विरुद्ध सात महिनाभन्दा बढी समयदेखि निरन्तर लडाइँ भइरहेको छ । सेनाले मृत्युको कारण उल्लेख नगरी सैनिकहरू बुधबारको युद्धमा मारिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

पछिल्लो घटनामा भएको मृत्युसँगै अक्टोबरदेखि विभिन्न स्थल आक्रमण हुँदा गाजा सैन्य अभियानमा मारिएका इजराइली सैनिकको सङ्ख्या दुई सय ७८ पुगेको छ ।

उत्तरी गाजामा पछिल्लो समयमा लडाइँ बढेको उल्लेख गर्दै इजराइली सेनाका प्रवक्ताले यस क्षेत्रमा प्यालेस्टिनी सशस्त्र समूहको कमान्ड संरचना ध्वस्त भएको घोषणा गरेको केही महिनापछि हमासले सैन्य क्षमताहरू पुनर्निर्माण गर्ने प्रयास गरेको बताउनुभयो ।  

मेको प्रारम्भमा सेनाले दक्षिणी सहर रफाहमा ध्यान केन्द्रित गर्दै ‘लक्षित’ अपरेसन सुरु गरेपछि उत्तरी गाजाको जबालिया शरणार्थी शिविर र केन्द्रीय नुसिरत शिविरमा भीषण लडाइँ र व्यापक इजराइली बमबारी भएको बताइएको छ ।