काठमाडौँ, जेठ ३ गते । साताको पाँचौं कारोबार दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्य तोलाको १ हजार ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको १ लाख ४० हजार रुपैयाँमा कारोबार भएको हो ।
यसैगरी आज तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ४ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलाको १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।