फाइल तस्वीर
काठमाडौँ, वैशाख ३१ गते । साताको दोस्रो दिन आज सोमबार स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ३८ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ३८ हजार एक सय निर्धारण भएको हो ।

यस्तै तेजाबी सुन आइतबार एक लाख ३७ हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ३७ हजार चार सय ५० निर्धारण भएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले ओरालो लागेको छ । आइतबार प्रतितोला एक हजार सात सय २५ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय १५ रुपैयाँ निर्धारण भएको महासङ्घले जनाएको  छ ।