फाइल तस्वीर
जनकपुरधाम, बैशाख ३० गतेः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र मधेस प्रदेश सरकारबाट बहिग्रमित हुने भएछन् । जनता समाजवादी पार्टी नेपाल विभाजन भए पछि मधेश प्रदेशको सरकारबार एमाले र माओवादी केन्द्र बाहिरिने तयारी गरेका हुन् ।

एमाले र माओवादी केन्द्रको समर्थन जसपा नेपालले मधेश प्रदेश सरकारको नेतृत्व गर्दै आएको थियो । यी दुवै पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएपछि जसपा नेपाल नेतृत्वको सरकार ढल्ने पक्का भएको छ । मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि दलहरुबीच आन्तरिक गृहकार्य समेत सुरुभएको छ ।

सत्ता गठबन्धन परिवर्तन हुने भएकाले अहिले जनकपुरमा एमाले मधेस प्रदेश संसदीय दलको पदाधिकारी बैठक बसिरहेको छ । मधेश प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने बलियो सम्भावना रहेको छ ।

त्यहाँ सरकार गठनका लागि ५४ जना सांसदको आवश्यक पर्दछ । कुल १०७ सदस्यीय मधेश प्रदेशसभामा एमालेका २३, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादीका ८, एकीकृत समाजवादीका ७ जना सांसद छन् । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि यी दलहरुबीचको गठबन्धनले आवश्यक बहुमत पुग्ने छ । जनमतले जसपा नेपाल बाहेकको दलको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने बताउँदै आएको छ ।