प्रतिकात्मक तस्वीर

अङ्कारा, वैशाख २८ गते । टर्कीए प्रहरीले लागुऔषध कारोबारी विरुद्धको व्यापक कारबाहीमा तीन सय ६६ संदिग्धलाई पक्राउ गरेको गृहमन्त्री अली येर्लिकायाले शुक्रबार बताउनुभएको छ । ‘नार्कोसेलिक–१६’ भनिने अपरेसनहरू २० प्रान्तमा लागूऔषध उत्पादक र डिलरहरू विरुद्ध सञ्चालन गरिएको येर्लिकायाले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिनुभयो ।

उक्त अपरेसनमा कूल दुई सय ३० टोली र नौ सय ८० जना जेन्डरमेरी कर्मचारीको सहभागी भएको र सात सय केजी लागुऔषध तथा १३ हजार लागुऔषध चक्की बरामद गरिएको उहाँले बताउनुभयो ।

अवैध लागूऔषध व्यापारीहरूले ट्रान्जिट हबका रूपमा प्रयोग गरेको टर्किएले गत वर्षदेखि लागूऔषध तस्करीमा कडाइ गरेको छ ।