फाइल तस्वीर

काठमाडौँ, वैशाख २८ गते । साताको छैटौं दिन आज शुक्रबार स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा दुई हजार तीन सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार,सुनको मूल्य आज तोलामा दुई हजार तीन सय रुपैयाँले वृद्धि भएको हो ।

हिजो बिहीबार प्रतितोला एक लाख ३५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने तोलामा एक लाख ३७ हजार नौ सय बराबरको मूल्य निर्धारण भएको छ । त्यस्तै, तेजाबी सुन बिहीबार प्रतितोला एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएकोमा आजका लागि भने प्रतितोला एक लाख ३७ हजार दुई सय ५० रुपैयाँ निर्धारण भएको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि आज तोलामा ५० रुपैयाँले बृद्धि भएको छ । बिहिबार प्रतितोला एक हजार छ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।