विराटगर, वैशाख २७ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम आज मुख्यमन्त्रीमा नियुक्त उहाँले कोशी प्रदेश प्रमुख पुरशुराम खापुङ्गसमक्ष पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको हो ।

त्यसैगरी आजै मन्त्रिपरिषद् समेत गठन गरिएको छ । मुख्यमन्त्री कार्कीको सिफारिसमा गणेशस्रसाद उपे्रेती र रामबहादुर मगरलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरिएको छ । नवनियुक्त मन्त्रीहरूले समेत नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुख खापुङसमक्ष पद तथा गोपनियताको सपथ गराउनुभएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।