काठमाडौँ, वैशाख २७ गते । साताको पाँचौं दिन आज बिहिबार स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा आठ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा एक लाख ३६ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ३५ हजार छ सय रुपैयाँ निर्धारण भएको हो ।

त्यस्तै, तेजाबी सुन बुधबार तोलामा रु एक लाख ३५ हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । 

चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको छ । बुधबार तोलामा एक हजार छ सय ७५ मा कारोबार भएकोमा चाँदी आजका लागि एक हजार छ सय ८५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।