काठमाडौँ, वैशाख २४ गते । साताको दोस्रो दिन आज सोमबार स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा दुई सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा दुई सयले वृद्धि भई एक लाख ३५ हजार छ सय रुपैयाँ पुगेको हो ।
यसैगरी आज तेजावी सुन तोलामा एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ ।

हिजो आइतबार छापवाला सुन तोलामा एक लाख ३५ हजार चार सयमा कारोबार भएको थियो भने तेजाबी सुन तोलामा एक लाख ३४ हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आइतबार तोलामा एक हजार छ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोलामा २० रुपैयाँले बढेर तोलाको एक हजार छ सय ६० निर्धारण भएको छ ।