काठमाडौँ, वैशाख २१ गते । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३५ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा एक लाख ३५ हजार आठ सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ३४ हजार सात सय ५० निर्धारण भएको छ । चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । बिहीबार जस्तै आजका लागि भने चाँदीको मूल्य तोलामा एक हजार छ सय ४५ निर्धारण भएको छ ।