काठमाडौँ, वैशाख २० गते । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३६ हजार पाँच सय निर्धारण भएको छ ।

यस्तै बुधबार एक लाख ३३ हजार आठ सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ३५ हजार आठ सय ५० निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा १५ ले वृद्धि भएको छ । बुधबार प्रतितोला एक हजार छ सय ३० मा कारोबार भएको चाँदी बिहीबारका लागि भने एक हजार छ सय ४५ निर्धारण भएको छ ।