फाइल तस्वीर

काठमाडौँ, वैशाख १९ गते । साताको चौथो दिन आज बुधबार स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एकैदिन सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले घटेको हो ।

आज सुन प्रतितोला एक लाख ३४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । अघिल्लो मङ्गलबार दिन सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रुपियाँमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलाको एक हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पूतितोला २० रुपैयाँ घटेर तोलामा एक हजार ६ सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।