फाइल तस्वीर

काठमाडौँ, वैशाख ११ गते । साताको तेस्रो दिन आज मङ्गलबार स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा नै दुई हजार सात सयले ओरालो लागेको हो ।

सोमबार तोलामा एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३५ हजार पाँच सयमा निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन सोमबार तोलामा एक लाख ३७ हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ३४ हजार आठ सय ५० निर्धारण भएको छ । 

महासङ्घका अनुसार चाँदीको मूल्य आज तोलामा ४५ ले गिरावट भएको छ । सोमबार प्रतितोला एक हजार सात सय पाँचमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ६० निर्धारण भएको छ ।