काठमाडौँ, वैशाख ७ गतेः साताको छैटौं दिन आज शुक्रबार स्थानीय बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला सात सयले उकालो लागेको हो ।

बिहीबार प्रतितोला एक लाख ३८ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ३९ हजार तीन सय मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन बिहीबार तोलामा एक लाख ३७ हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ३८ हजार छ सय ५० निर्धारण भएको छ ।

त्यस्तै चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ । बिहीबार प्रतितोला एक हजार सात सय २५ मा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय २० निर्धारण भएको छ ।