काठमाडौँ, वैशाख ६ गतेः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले दाबी पेस गर्नुभएको छ । आज बिहीबार एमाले संसदीय दलका नेता राजेन्द्र रावलले समर्थनको पत्र दिएसँगै सोडारीले प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो ।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र एक जना स्वतन्त्र सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो । सुदूरपश्चिममा एमालेका १०, माओवादी केन्द्रका १०, एकीकृत समाजवादीका १० र नाउपाका सात सांसद रहेका छन् ।

सोडारीले आजै शपथ लिने तयारी रहेको बताइएको छ ।