फाइल तस्वीर
काठमाडौँ, वैशाख ६ गते :लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । सत्ता साझेदार दलहरूसँगको छलफल सकारात्मक भएसँगै मुख्यमन्त्री महराले मन्त्रीमण्डल बिस्तार गर्नुभएको हो ।

मुख्यमन्त्री महराले आज बिहीबार बिहान सत्ता साझेदार दलहरूसँग गर्नुभएको थियो । सो छलफलमा सरकार बिस्तारका लागि मन्त्रालय बाँडफाँडमा सहमति जुटे लगत्तै मुख्यमन्त्रीले मन्त्रिमण्डल बिस्तार गर्नुभएको हो ।

गएको चैत २३ गते मुख्यमन्त्री नियुक्त हुनुभएका महराले एमालेबाट चार मन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । विस्तारित मन्त्रिमण्डलमा एमालेका चेत नारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्र पुनलाई स्वास्थ्य मन्त्रालय र भण्डारीलाल अहिरलाई कृषि मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यस्तै आज बनेका दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुन कुमार केसी, भुमिश्वर ढकाल, र रत्नबहादुर खत्रीले बिना विभागीय मन्त्रीका रूपमा शपथ लिदै हुनुहुन्छ । उहाँहरुको मन्त्रालय टुङ्गो लागेको छैन । उहाँहरूको आज बिहीबार साँझ ५ बजे शपथको तयारी भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।