प्रतिकात्मक तस्वीर

सुनसरी, वैशाख ४ गतेः सुनसरीको बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । चतराबाट पकलीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ५०४९ नम्बरको मोटरसाइकल बराहक्षेत्र ५ जमटोकीमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार तीव्र गतिको मोटरसाइकल सडक छेउमा रहेको विजुलीको पोलमा ठोक्किँदा भोजपुरको षडानन्द १ नेपालेडाँडा बस्ने २२ वर्षीय सुजन गौतमको मृत्यु भएकोे हो ।

दुर्घटनामा सोही मोटरसाइकलको पछाडि सवार २३ वर्षीय रुद्र लुइँटेल घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।