फाइल तस्वीर
मकवानपुर — मकवानपुरको मनहरी गाउँपालिका–७ का एक युवक गैँडाको आक्रमणमा परी गम्भीर घाइते भएका छन् । मनहरी–७ का ३२ वर्षीय रमेश बोटे आज बिहान ६ बजे आफ्नो खेतमा पानी लगाउन गएको समयमा गैँडाको आक्रमणबाट उनी घाइते भएका हुन् ।

आक्रमणबाट गम्भीर घाइते रमेशलाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

मनहरी खोलाको नदी उकास जमिनमा धानखेतमा पानी लगाउन गएका बोटेलाई गैँडाले आक्रमण गरेको थियो । स्थानीयले लगत्तै प्रहरीलाई खबर गरेका थिए । मनहरीको प्रहरी टोलीले घाइते बोटेको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र पु¥याएको थियो ।