फाइल तस्वीर
बैशाख ३, काठमाडौँः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू—भागमा आंशिक देखि साधारणतया बदलीको अवस्था रहने छ भने देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहने भएको छ ।

यसैगरी आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको केही स्थान र पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यान्हपछि हावा हुरीको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भ–ूभागको एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने छ । आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।