कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेल ।
वीरेन्द्रनगर — कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले आज बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । हिजो मङ्गलबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कँडेललाई आज बुधबार प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को उपधारा २ बमोजिम पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो ।

नवनियुक्त मुख्यमन्त्री कँडेललाई नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थन प्राप्त भएको थियो । उहाँको पक्षमा एमालेका सभामुख बाहेक नौ जना, माओवादी केन्द्रको १३ जना र एकीकृत समाजवादीको एक जना गरी २३ जना सांसद्को समर्थन रहेको थियो । उहाँ एमाले कर्णाली प्रदेश संसदीय दलका नेता हुनुहुथ्यो ।

कुल ४० सांसद रहेको कर्णाली प्रदेशमा सरकार बनाउनका लागि कम्तिमा २१ ज्ना सांसदको समर्थन आवश्यक हुन्छ । नवनियुक्त कँडेलको पक्षमा २३ मत रहेको थियो । मुख्यमन्त्री कँडेलद्वारा संविधानको धारा १६८ को उपधारा २ बमोजिम पद तथा गोपनीयताको शपथ