वीरेन्द्रनगर — कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख तिलक परियारले कँडेललाई आज मङ्गलबार साँझ नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

सत्ता साझेदार दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सहमतिका आधारमा नेता कँडेलले मुख्यमन्त्री पदमा दाबी पेस गर्नुभएको थियो यससँगै मुख्यमन्त्री बन्ने कँडेलको लामो समयदेखिको चाहना पनि पुरा भएको छ ।
कँडेललाई एमालेका सभामुखसहित १०, माओवादीका १३ र समाजवादीका एक सांसदको समर्थन रहेको छ । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउन आवश्यक संख्या २१ मध्ये गठबन्धनको पक्षमा २४ जना सांसद रहेका छन् । कँडेललाई सभामुखबाहेक पनि २३ जनाको समर्थन छ ।