काठमाडौँ — साताको दोस्रो दिन आज सोमबार स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज तोलामा छ सय रुपैयाँले वृद्धि भएको हो ।

आइतबार प्रतितोला एक लाख ३५ हजार छ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३६ हजार दुई सय कायम भएको छ ।

तेजाबी सुन तोलामा एक लाख ३५ हजार पाँच सय ५० रुपैयाँ तय भएको छ । आइतबार तेजाबी सुन तोलामा एक लाख ३४ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा  एक हजार छ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ८५ रुपैयाँ निर्धारण भएको छ ।