काठमाडौँ — हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहनेछ भने देशका पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
आज राति पनि कोशी प्रदेश र मधेश प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली हुने र कोशी तथा गण्डकीसहित देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

यसैगरी आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ भने देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।