फाइल तस्वीर
बझाङ — बझाङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा आगामी वैशाख १५ गते हुने प्रदेशसभा उपनिर्वाचनका लागि उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराउनेक्रम जारी छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन तालिका अनुसार आज चैत २४ गते शनिबार निर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले रिक्त प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।


बझाङमा उम्मेदवारी दर्ता गराउनृक्रम जारी छ । यो समाचार तयार पार्दासम्म राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, नेपाल मजदुर किसान पार्टीको तर्फबाट खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक पार्टीको तर्फबाट कमल घर्ती मगरले उम्मेदवारी दिनुभएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार अन्य राजनीति दलहरुले पनि उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराउँदै हुनुहुन्छ ।