फाइल तस्वीर
इलाम — इलाम निर्वाचन क्षेत्र नम्बर – २ मा अगामी वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि अहिलेसम्म चार जानको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन आधिकृतको कार्यालय इलामका अनुसार अहिलेसम्म एक स्वतन्त्रसहित विभिन्न दलका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उम्मेदवारी दर्ता गराउनेमा नेपाल मजदुर किसान पार्टी (नमकिपा) बाट श्यामबहादुर दर्जी, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, मङ्गोल नेशनल अर्गनाइजेसनका उम्मेदवार र स्वतन्त्रबाट डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी नेकपा एमाले, नेपाली काङ्ग्रेससहितका राजनीतिक दलका उम्मेदवारहरुले पनि मनोनयन दर्ता गर्दै हुनुहुन्छ ।