फाइल तस्वीरः एमाले अध्यक्ष केपी शर्मा ओली ।


पोखरा — सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकल बहुमतसहित निर्णायक तहमा रहने गरी पार्टी सङ्गठनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ । एमाले कास्कीको ११औँ अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी सङ्गठनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

एमाले अध्यक्ष ओलीले एकताबद्ध एवं अनुशासित भएर पार्टीलाई बलियो बनाउने गरी सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीका पूर्वप्रमुखलाई वरिष्ठ नेता बनाएर अध्यक्षको छेउमै राख्ने परिपाटी गलत भएको उहाँले टिप्पणी गर्नुभयो । स्वतः वरिष्ठ नेताका रुपमा रही दोस्रो वरियताको नेता बन्ने र झन्झट दिने काम गलत भएको उल्लेख गर्दै अध्यक्ष ओलीले आगामी दिनमा एमालेमा त्यस्तो नहुने बताउनुुभयो । आफूले सकुञ्जेल काम गर्ने र अध्यक्ष छोडेपछि त्यस्तो झन्झट नदिने उहाँले स्पष्ट पार्नुभयो ।

पोखरामा आफूले जेलजीवन बिताउँदा धेरै माया र स्नेह पाएको स्मरण गर्दै उहाँले यो आफैँमा महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको बताउनुभयो ।