साङ्केतिक तस्वीर
विराटनगर — सुनसरीको भुटाहास्थित हरिनगर गाउँपालिकामा प्रहरीले ६ राउण्ड हवाई फायर ११ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि प्रहरीले ६ राउण्ड हवाई फायर र ११ राउण्ड अश्रुग्याँस प्रहार प्रहार गरेको हो ।

दुई समूहबीच झडप भएपछि स्थानीय प्रशासनले उक्त क्षेत्रमा अनिश्चितकालीन कर्फु आदेश (निषेधाज्ञा) जारी गरेको छ । कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दीपक सिग्देलले दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिने क्रममा ६ राउण्ड हवाई फायर गरेको जानकारी गराउनुभएको छ ।
दुई पक्षबीच भएको झडपमा परी चार जना सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको प्रहरीले जनाएको छ ।