फाइल तस्वीर
नयाँदिल्ली — भारतको उत्तर प्रदेश राज्यमा मङ्गलबार स्कुल बस दुर्घटना हुँदा बसमा सवार तीन जना विद्यार्थी सहित चार जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार उत्तर प्रदेशको राजधानी लखनउ नजिकैको बाराबंकी क्षेत्रमा उक्त बस सडकमै पल्टिएको थियो ।

बसभित्र करिब ४० जना स्कुलका विद्यार्थी तथा ६ जना शिक्षक रहेको वरिष्ठ प्रहरी जगत रामले बताउनुभएको छ । (रासस÷ सिन्ह्वा)