फाइल तस्वीर
मनिला – फिलिपिन्सको राजधानी मनिलाका दर्जनौं विद्यालयहरूमा मङ्गलबार अत्यधिक गर्मीका कारण पठनपाठन बन्द गरिएको त्यहाँका शिक्षा अधिकारीले जानकारी दिएका छन् । महानगरमा मङ्गलबार ४२ डिग्री सेल्सियस र बुधबार ४३ डिग्री सेल्सियसको स्तर पुग्ने अपेक्षा गरिएको राज्यको मौसम पूर्वानुमान कार्यालयले जनाएको छ ।

मङ्गलबार मनिलाको उच्चतम तापमान ३४ डिग्री सेल्सियस रहने अनुमान गरिएको थियो । स्थानीय अधिकारीहरूले सहरको सबैभन्दा बढी जनसङ्ख्या भएको क्विजोनका प्राथमिक र माध्यमिक विद्यालयहरूलाई बन्द गर्न आदेश दिएको र अन्य क्षेत्रका विद्यालयहरूलाई दूर शिक्षामा सार्ने विकल्प दिएको बताएका छन् ।

केही विद्यालयहरूले दिनको सबैभन्दा तातोबाट बच्न कक्षाको समय छोटो पारेका थिए । मौसम पूर्वानुमान विभागले ४२–५१ डिग्री सेल्सियस तापक्रमले फिलिपिनीहरूमा शरीरमा मान्सपेशीहरु दुख्ने समस्या हुने र यो समस्या ४२–५१ डिग्री सेल्सियसको तापक्रमबाट सुरू हुने जानकारी दिनुभयो ।